जसपाको आधिकारिकताको विवादमा तटस्थ बसेका सांसद रेशम चौधरीले आफू उपेन्द्र यादव पक्षमा भएको बताएका छन् ।
केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाका अनुसार उनले फोन गरेर आफू उपेन्द्र पक्षमा नै रहेको बताएका हुन् । रेशम चौधरी थपिएपछि जसपाको उपेन्द्र पक्षमा कार्यकारिणी सदस्यको संख्या ३५ पुगेको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक काठमाण्डौमा सुरु भएको छ । बैठक केहीबेर अगाडी तुलसीलाल अमात्यको भवन ललितपुरमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरु भएको हो ।
हिजो मंगलवारदेखि सुरु भएको बैठक आज सम्पन्न हुने बताइएको छ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर औपचारिक कार्यकारिणी समितिलाई पूर्णतः दिनेछ ।