ललितपुर महानगरपालिकामा ४५ वर्ष उमेर समूहका माथिकाले कोभिडविरुद्धको भेरोसेल खोप पहिलो डोज लगाउन पाउने भएका छन् ।
महानगरपालिकाले शुक्रबारदेखि ४५ वर्ष उमेर समूहका माथिकालाई भेरोसेल खोप पहिलो डोज लगाउने निर्णय गरेको हो ।
साउन १५, १६ र १७ गतेदेखि महानगरको २९ वटै वडामा खोप लगाउने कार्यक्रम रहेको महानगरले जनाएको छ ।
खोप लगाउन इच्छुक ४५ वर्षमाथि उमेर समूहकाले आ–आफ्नो वडामा सम्पर्क गर्नुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।
यस्तै साउन १८ गतेबाट भने जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यक्रम रहेको उनले बताए । जोनसन एण्ड जोनसन खोप लगाउने कार्यक्रमबारे सूची छिट्टै सार्वजनिक गर्ने महानगरले तयारी गरेको छ ।