logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रशिक्षकको राजीनामा घोषणापछि एन्फाले बोलायो आकस्मिक बैठक


अंकुरण खबर
1.274K
Shares

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले राजीनामाको घोषणा गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ।

आज अपराह्न ४ बजे बस्ने गरी आकस्मिक बैठक बोलाइएको एन्फाले जनाएको छ। बैठकमा राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुलाहले सम्झौता अवधि बाँकी रहँदै सामाजिक सञ्जालमार्फत् घोषणा गरेको राजीनामाको विषयमा छलफल हुने जनाइएको छ।

प्रशिक्षक अब्दुलाहले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका थिए। उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण राजीनामा दिन लागेको जनाएका थिए।

उपाध्यक्ष नेम्वाङले भने यसमा छानबिन गर्न माग गरेका छन्। आफू दोषी देखिए राजीनामा दिन तयार रहेको जनाएका छन्।

यससँगै आजको बैठकमा साफ च्यान्पियनसिपका विषयमा पनि छलफल हुने जनाइएको छ। नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्ने प्रस्ताव आएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो। त्यस विषयमा पनि निर्णय हुने जनाइएको छ।