logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीका प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त


अंकुरण खबर
676
Shares

लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको छ ।

जनता समाजवादी पार्टीबाट निलम्बित मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गर्दै उनीहरु पदमुक्त भएको जानकारी दिएका हुन् ।

पाटीको नीति विपरीत शंकर पोखरेल नेतृत्त्वको एमाले सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीले निष्कासन गरेको हो ।

मंगलबार जसपा केन्द्रीय कार्यकारीणी समितिले उनीहरुलाई पाटीबाट निष्कासन गरेको निर्णय गरेको थियो । त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेश सभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।