logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुला घटनाको वास्तविकता बाहिर ल्याउन कांग्रेसको माग


अंकुरण खबर
702
Shares

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइन काटिदिँदा नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएको घटनाको वास्तविकता सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्तिमार्फत नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद, अमानवीय र आपत्तिजनक रहेको बताएका हुन् ।

‘घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन–दिलाउन कांग्रेसका तर्फबाट म सरकारसमक्ष माग गर्छु,’ शर्माले भनेका छन्, ‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’