गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा २७ का ६६ वर्षीय पुरुष, कास्कीको अन्नपूर्ण ४ की ८० वर्षीय महिला, मादी ५ की ४२ वर्षीय महिला, स्याङ्जा पुतली बजार १३ की ४३ वर्षीय महिला र पुतली बजारका अर्का ४३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ८८ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६१ हजार ४२६ पुगेको छ । यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६६९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
आज गण्डकी प्रदेशमा थप ४६७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा एक हजार २६३ जनाको नमुना परीक्षण गरिएकामा ४६७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये २१९ महिला र २४८ जना पुरुष रहेका छन् ।