logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिसिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन कांग्रेस नेता सिंहको माग


अंकुरण खबर
585
Shares

सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिसिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला सिंहले सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘हाम्रो मित्र युवा समूह’ ले शनिबार काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिसिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। ‘जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईले आवाज उठाइदिनुपर्‍यो भन्छन्। जनताका ती जायज माग हुन्’, उनले भने, ‘सरकारले कोभिसिल्डको दोस्रो डोजबाट बञ्चित सबैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनुपर्दछ।’

नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्‍याउन सरकारले प्राथमिकता दिए पनि सोअनुसार काम गर्न नसकेको गुनासो गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप भनेको स्मरण गराउँदै सिंहले सोहीअनुसारको काम गरेर देखाउन आग्रह गरे।

‘प्रधानमन्त्रीज्यूले संसदमा समेत आफनो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नुभएको छ। अब त्यहीअनुसारको कदम चाल्नुपर्‍यो नि। कामबाटै उहाँले गर्नुभएको प्रतिबद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु।’

कार्यक्रममा नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गर्नेहरूलाई  सम्मान गरेका थिए।