नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिनपछि सरेको छ । बैठक आगामी साउन ३० गतेलाई बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
साउन २० गतेलाई बोलाइएको बैठक ३० गतेलाई सारिएको श्रेष्ठले बताए ।
त्यस्तै बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन दिएको छ ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।