logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोप प्रमाणीकरण निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


अंकुरण खबर
2.119K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाएकाहरुको प्रमाणीकरणको कार्य निःशुल्क गर्न निर्देशन दिएको छ ।

वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र जारी गर्नका लागि केही अस्पतालहरुले शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले आइतबार परिपत्र जारी गर्दै निःशुल्क गर्न निर्देशन दिएको हो ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासन भीम प्रसाद सापकोटाले प्रमाणपत्र निःशुल्क गर्न आवश्यक निर्देशन भएको जानकारी दिए ।