logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेका वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटी बैठक शुरु


अंकुरण खबर
793
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ।

वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो । एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ।

गएको जेठ २७ गते दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक पनि च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बस्दै छ।