logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महन्थ ठाकुरको रिट फेरि हेर्न नभ्याइने


अंकुरण खबर
715
Shares

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको विषयलाई लिएर महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।

साउन १५ मा महन्थ पक्षले सर्वोच्चमा दर्ता गराएको रिटको आजका लागि पेसी तोकिएको थियो ।

रिटको सुनुवाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा तोकिएको थियो ।

निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो ।

यसै विषयलाई लिएर ठाकुर सर्वोच्च गएका थिए ।

रिटमा निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको छ ।