प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद विस्तारबारे गठबन्धन दलका तीन शीर्ष नेताबीच छलफल सुरु भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ ।
सोमबार बिहान सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक बालुवाटारमा बसेको थियो।
कार्यदलको बैठकले कुन दलले कुन मन्त्रालय र कति संख्यामा पाउने भन्ने विषयमा छलफल केन्द्रित थियो। कार्यदलको सुझावमाथि थप छलफल गरेर टुंगोमा पुर्याउन शीर्ष नेताको बैठक बसेको बालुवाटार स्रोतको भनाई छ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी नहुने र नेपाल समूहकै कारण मन्त्रिपरिषद विस्तार ढिलाई भएपछि अब ढिलाई गर्न नहुने भन्दै शीर्ष नेताहरुबीच छलफल भइरहेको बताइएको छ ।