लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा विपक्षीबाट दर्ता गरिएको यो तेस्रो अविश्वासको प्रस्ताव हो ।
माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले जानकारी दिए ।
३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।