logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ९०४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सबैभन्दा बढी काठमाडौंमा ६ सय १३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यसैगरी  भक्तपुरमा १ सय १४ र ललितपुरमा १ सय ७७ जना संक्रमित थपिएका छन् ।

थपिएकोसहित काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार १ सय १५ पुगेको मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।