logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साझा कार्यक्रम टुङ्ग्याउन कार्यदलको बैठक बस्दै


अंकुरण खबर
754
Shares

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज फेरि सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बस्ने भएको छ।

मंगलबार बसेको कार्यदलको बैठकले साझा कार्यक्रमका विषयमा छलफल गरेको थियो। आज साझा कार्यक्रमलाई अन्तिमरूप दिन बैठक बस्ने भएको हो।

आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका सदस्य–सचिव केशवराज जोशीले जानकारी दिए।

पाँच दलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल बनाएको थियो। त्यहि कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ।