कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप १४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण प्रदेशका ८ जिल्लामा ५ जना महिला र ९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौं उपत्यकाका ६ जना रहेका छन् भने अन्य ८ जना उपत्यका बाहिरका रहेका छन् । संक्रमणका कारण काठमाडौं, भक्तपुर र ललितपुरमा २/२ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका डा. प्रवक्ता पुरुषोतम सेढाईले जानकारी दिए ।
डा।सेढाईका अनुसार, चितवन, काभ्रे र दोलखामा २/२ जनाको संक्रमणका कारण मृत्यु भएको छ भने मकवानपुर र रामेछापमा १/१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षदेखि ८५ वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।
योसँगै कोरोनाका कारण बागमती प्रदेशमा हालसम्म ४ हजार ८५ जनाको मृत्यु भइसकेको छ ।