logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीसँग मिल्न नसकिने माधव नेपालको भनाइ


अंकुरण खबर
741
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न नसकिने बताएका छन्।

आज बसेको केन्द्रीय समितिको बैठकमा नेता नेपालले अहिलेको अवस्थामा ओलीसँग मिल्न नसकिने बताएका हुन्।

बैठकमा ओलीसँग मिल्ने कि अलग पार्टी गर्ने भन्ने बारेमा छलफल भएको थियो। बैठकमा अहिलेसम्म भएका सहमतिको समीक्षा समेत भएको नेता रघुजी पन्तले जानकारी दिए।

नेता नेपालले बैठकमा कोरोनाबारे सरकारको ध्यान जानु पर्ने बताए।

महाकालीमा तुइन काटिएको विषयमा दोषीलाई कारबाही होस् भन्नेमा पनि उनले जोड दिएको पन्त बताए।

सो क्रममा नेता भीम रावलले एकता प्रक्रिया अघि बढेकाले सहदस्यता नवीकरण गर्ने ओलीको निर्णय रोक्न आग्रह गरे। उनले १० बुँदे सहमतिबारे पनि बुँदागत रुपमा जानकारी गराएका थिए।

नेता रावलले वार्ताको परिणाम तत्काल नटुंगिने बताए। बैठकमा उनले अहिसम्मको वार्ताबारे जानकारी गराएका थिए

। त्यस्तै, सरकारले सुकुम्बासी अयोगको बारेमा गम्भीर ढगंले सोच्नु पर्ने उनको भनाइ थियो।