logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियामा बढ्न थाल्यो कोरोनाबाट मृत्यु हुने नेपाली कामदारको संख्या, एक महिनामा ३८ को मृत्यु


अंकुरण खबर
715
Shares

मलेसियामा कोरोना भाइरस संक्रमणका कारण नेपाली कामदारहरुको मृत्यु हुने क्रम बढेको छ ।

कोरोनाबाट बुधबार गोरखा नगरपालिका १० बिरेन्चोकका बहादुर आले मगरको मृत्यु भएको छ । कोरोना संक्रमण भई विगत १२ दिनदेखि उपचाररत ४४ वर्षीय मगरको बुधबार बिहान मृत्यु भएको हो ।

यसै हप्ता मोरङको सुनवर्सी नगरपालिका वडा न.६ रतुवामाईका ३६ वर्षका सुरेश कुमार दासको पनि कोरोनाका कारण मृत्यु भएको थियो । सोही दिन कोरोना संक्रमणबाटै सुरक्षागार्डको रोजगारी गर्ने विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतका ४२ वर्षीय तुलाराम पुलामी र पर्सागढी नगरपालिका वडा न ४ का २९ वर्षीय सिकेन्द्र कुमार चौरसियाको पनि मृत्यु भएको थियो ।

पछिल्लो एक महिनामा मलेसियामा कोरोना संक्रमणका कारण ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरी ६७ जना नेपाली कामदारको मृत्यु भएको छ ।