logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपाल समूह सरकारमा नजाने निर्णय


अंकुरण खबर
1.053K
Shares

नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा नजाने निर्णय गरेको छ ।

एमालेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी भित्रको आन्तरिक एकताको प्रयासलाई जारी राख्ने निर्णय गर्दै तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।

एमाले नेता रघुजी पन्तले बैठकले एकताको प्रयासलाई जारी राख्ने र तत्काल सरकारमा नजाने निर्णय गरेको जानकारी दिए ।

बैठकले नेताहरूले आफ्ना धारणा राख्दा जिम्मेवार र संवेदनशील हुनु पर्ने भन् पार्टीका वरिष्ठ नेता र अन्यमाथि अनेक प्रकारका टिप्पणी र लाञ्छना लगाउने काम भइरहेको प्रति चिन्ता व्यक्त गरेको नेता पन्तले जानकारी दिए ।

यसै गरी बैठकले पार्टी एकताको प्रयास जारी रहेको भन्दै सदस्यता नवीकरणसहितका काम रोक्न पनि अध्यक्ष केपी शर्मा ओली पक्षसँग आग्रह गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।