logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबारदेखि कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेका खोप लगाइदै


अंकुरण खबर
741
Shares

कोरोनाभाइरस विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार साउन २५ देखि दोस्रो मात्रा दिइँदै छ ।

जापान र भुटानमा ल्याइएको एस्ट्राजेनेका खोप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने छ ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने छ ।

अनलाइनमा विवरण नभएकालाई खोप लगाएको पाइएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले दिएको छ ।