नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काको सम्मानमा जर्सी नम्बर ७७ प्रयोगमा नल्याउने निर्णय गरेको छ।
पारस खड्काको योगदानलाई सम्मान गर्दै क्यानले ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट साउन १९ गते संन्यासको घोषणा गरेका थिए।
७७ नम्बरको जर्सीमा मैदान उत्रने खड्काले संन्यासपछि क्यानको व्यवस्थापनमा आउने इच्छा देखाएका छन्।