पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २४ जना, भक्तपुरमा १ सय ७० जना र ललितपुरमा १ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६ सय ९५ पुगेको मन्त्रालयले जनाएको छ।