logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण आजबाट सुरु


अंकुरण खबर
1.326K
Shares

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज९बुधबार०बाट पोखरामा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ ९एन्फा०ले १० दिनको विश्रामपछि आजबाट पोखरा रंगशालामा टिमको प्रशिक्षण सुरु हुने जानकारी दिएको हो ।

प्रशिक्षणका लागि टोली पोखरा पुगिसकेको छ। प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएका छन् ।

दुवै खेलाडी चोटका कारण सहभागी नहुने भएका हुन् । बुढाथोकी र विष्टको स्थानमा शिशीर लेखी र सेसेहाङ टिममा सहभागी हुने एन्थाले जनाएको छ ।

नेपालले साफ च्याम्पियनसिप तथा एसियन कप(२०२३ छनोटको खेलका लागि तयारी गरिरहेको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहनेछन्।