काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ९ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ६३ जना, भक्तपुरमा १ सय ९ जना र ललितपुरमा १ सय ९२ जना संक्रमण पुष्टि भएको हो।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५६ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै, नेपालमा गएको २४ घण्टामा देशभर ३ हजार ४८१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार सोही अवधिमा १,८८५ जना सङ्क्रमणमुक्त भएका छन्। भने संक्रमणबाट ३० जनाको मृत्यु भएको छ ।