logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ मा थप ८८९ जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु


अंकुरण खबर
1.248K
Shares

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार ५४२ को पिसिआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६ को एन्टिजेन परीक्षण गर्दा ३९४ मा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा नौ, तेह्रथुममा छ, उदयपुरमा तीन, पाँचथर, ताप्लेजुङ, ओखलढुङ्गा, सङ्खुवासभा, खोटाङ र भोजपुरमा एकएक र प्रदेश बाहिरका १८ मा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५४२ जना कोरोनाका बिरामी निको भएका छन् । संक्रमणमुक्त हुनेमा २७२ महिला र २७० पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार महिलासहित १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।