logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालापानीको नेपाली भूमि फिर्ता गर्न माग: अनिता देवकोटा


अंकुरण खबर
1.82K
Shares

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसदहरुले भारतले मिचेको भूमि फिर्ताका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहल गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बिहीवारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले मिचिएको भूमि फिर्ताका लागि देउवा सरकारको सक्रियता अपेक्षा गरेका हुन्।

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नेपाली कांग्रेसको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमि फिर्ता गर्न माग गरेकी छन्।

राष्ट्रिय सभाको शून्य समयमा बिहीवार बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पयाधुरा, लिपुलेक, कालापानीको नेपाली भूमिबारे कुटनीतिक पहल नगरेकाले फिर्ता हुन नसकेको बताइन्।

उनले ओली फिर्ता गर्न नसकेको भारतले मिचेको भूमि देउवा नेतृत्वको सरकारले फिर्ता गर्नुपर्ने बताएकी हुन्।

‘लिम्पयाधुरा, लिपुलेक, कालापानीसहित जारी गरेको नेपालको नक्सा पारित त गर्यौुं, उनले भनिन्, ‘ तर विगतको सरकारले कुटनीति पहल नगरेका कारण भूमि फिर्ता हुन सकेन। नेपाली कांग्रेसको सरकारले त्यो जमीन फिर्ता ल्याउने पहल गरोस्।’