logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तेस्रो लहर भनिँदै छ, दोस्रो लहर कहिले सकियो ? : गगन थापाको प्रश्न


अंकुरण खबर
1.183K
Shares

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले दोस्रो लहर कहिले सकियो र तेस्रो लहर भनेर स्वास्थ्य मन्त्रालयले प्रचार गरेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राखेको धारणामाथि प्रश्न सोध्न क्रममा थापाले स्वास्थ्यमन्त्रालयले कुन अध्ययनको आधारमा यस्तो भन्दैछ भनेर सोधेका हुन् ।

‘खोपको लागि सरकारले गरेको काम प्रशंसनीय छ ।

व्यवस्थापन किन यति कमजोर ? तेस्रो लहर भनिँदैछ ।

दोस्रो लहर कहिले सकियो ? स्वास्थ्य मन्त्रालय कुन अध्ययनको आधारमा भन्दै छ ?  प्रमाणीक अध्ययन के हो ?’ उनले प्रश्न गर्दै भने, ‘तेस्रो लहरमा बालबालिकालाई खतरा भनेर स्वास्थ्य मन्त्रालय भन्छ ।

विद्यार्थीहरु बिना खोप हलमा बसेर परीक्षा दिन बाध्य छन् ।

पोजेटिभ भएरै हलमा बसेर परीक्षा दिनुपर्ने अवस्था छ ।’
उनले साँझ ८ बजेपछि काठमाडौँ उपत्यकामा सवारी साधन चल्न दिने भनेर गरिएको निर्णयमा पनि प्रश्न गरे ।

‘साँझ ८ बजेपछि काठमार्डाँ लगायतको ठाउँमा संक्रमण बढ्दै जाने बिहान घट्दै जाने यसको अध्ययन कहाँ भएको हो ?’ उनले प्रश्न गरे ।