पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा सबैभन्दा बढी ६ सय ७७ जना, भक्तपुरमा १ सय १७ जना र ललितपुरमा १ सय ६७ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो पटक थपिएको सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ४५ पुगेको छ । जसमध्ये काठमाडौंमा ८ हजार १ सय २३, भक्तपुरमा १ हजार ४ सय ०५ जना र ललितपुरमा २ हजार १७ रहेका छन् ।
उपत्यकामा पछिल्लो २४ घन्टामा काठमाडौंमा ३ र भक्तपुरमा २ गरी ५ जनाको मृत्यु भएको छ ।