सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।
न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार आयोगको विरुद्ध महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले आयोगको निर्णयलाई नै मान्यता दिँदै ठाकुरको माग अस्वीकार गरेको हो ।
आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको अदालतको आदेशमा उल्लेख छ ।
ठाकुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गरेका थिए।
यस्तै उपेन्द्र यादवको पक्षबाट महादेव यादव, हरिहर दाहाल, मुक्ति प्रधान, दिनेश त्रिपाठी, टिकाराम भट्टराई,वीरेन्द्र ठाकुर,दिनमणी पोखरेल लगायतले बहस गरेका थिए।