logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै


अंकुरण खबर
1.014K
Shares

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्न लागेको छ।

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सभामा सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

साउन २७ गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावका लागि विशेष अधिवशेन बोलाइएको थियो। तर, पोखरेलले राजीनामा दिएपछि विशेष अधिवेशन त्यहि दिन अन्त्य भएको थियो।

त्यसपछि चार दल मिलेर सरकार बनाएका छन्। साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ। त्यसका लागि प्रदेश सभा बैठक बोलाइएको जनाइएको छ।