राजनीतिस्वास्थ्य

प्रधानमन्त्री देउवा र डा. केसीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच मंगलबार अपराह्न भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा. केसीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई पदबाट हटाउनुपर्नेलगायत पाँचबुँदे माग राख्दै डा. केसीले ३ भदौसम्मको अल्टिमेटम दिएका छन् ।

सोही विषयमा कुरा गर्न प्रधानमन्त्री देउवा र डा. केसीबीच वार्ता भएको हो ।

स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने उनको माग छ ।

राज्यमन्त्री श्रेष्ठ स्वास्थ्य क्षेत्रसँग जोडिएको उनको दाबी छ ।

Comment here