logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको अवरोधले आज पनि स्थगित भयो लुम्बिनी प्रदेशसभा बैठक


अंकुरण खबर
2.613K
Shares

प्रमुख विपक्षी दल नेकपा एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक बुधबार पनि स्थगित भएको छ ।

बुधबार बैठक सुरु हुनेबितिकै एमालेका प्रदेशसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए ।

बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताएलगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका थिए ।

सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टी र संसदीय दलको विधान र पार्टीको निर्देशन विपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएको र अव कारवाहीको सुचना नसुनाएसम्म बैठक अघि बढ्न नसक्ने उनीहरुको भनाइ छ ।

एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका थिए ।

तर, नाराबाजी जारी नै भएपछि सभामुख घर्तले विहीबार दिउसो १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि रहेको थियो ।

एमालेले मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।