एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) तय गरेको छ ।
नयाँ पार्टीका लागि आधा दर्जन नाममा छलफल गरिरहेको उक्त समूहले एमाले (समाजवादी) नाम टुंगो लगाएको नेता मेटमणि चौधरीले जानकारी दिए ।
यसअघि चुनाव चिह्न सूर्यमा दाबी गर्दै आएको भए पनि निर्वाचन आयोगले मान्यता नदिने निष्कर्ष निकाल्दै चिह्न खुला किताब राख्ने निर्णय भएको हो ।
उक्त समूह बुधबार नै नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग जाने तयारीमा छ ।