logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ३ हजार ४०३ जना कोरोना संक्रमित, ४२ जनाको निधन


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८ सय ३९ पीसीआर परीक्षणमा २६ सय १३ र ४९ सय ९९ एन्टिजेन परीक्षणमा ७ सय ९० जना गरी कुल ३ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुगेको छ।

त्यस्तै, आज कोरोना संक्रमणबाट ४२ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार १०४ जना संक्रमणमुक्त भएका छन्।