logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी दर्ता प्रक्रियामा गएपछि नेपालनिकट झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त


अंकुरण खबर
754
Shares

सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपालनिकट निरन्जन झालाई नियुक्त गरेको छ।

बिहीबारको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादी दर्ता गराएका माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले स्पष्टीकरण सोधेपछि गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएका थिए। त्यसयता उक्त पद रिक्त थियो। सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्।

महाप्रबन्धक नियुक्त भएका झाले शुक्रबार नियुक्तिको पत्र पाएसँगै आफू कार्यक्षेत्रमा जाने बताएका छन्। नेपालले नयाँ दल गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएसँगै सरकारले उनी पक्षकालाई राजनीतिक नियुक्ति दिन थालेको छ।

बिहीबारकै मन्त्रिपरिषदले नेता नेपालनिकट यादवचन्द्र शर्मालाई बागमती प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो। बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको नयाँ पार्टी दर्ता हुने बित्तिकै उनी पक्षबाट केहीलाई समेटेर मन्त्रिमण्डल विस्तार हुने बताएका थिए।