logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
845
Shares

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा सुर्खेत र दाङका दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

सुर्खेतको सिम्ता गाउँपालिका–३ का ७१ वर्षीय पुरुष र दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

सुर्खेतका ७१ वर्षीय पुरुषमा भदौ १ गते र दाङका ५५ वर्षीय पुरुषमा साउन २८ गते संक्रमण पुष्टि भएको थियो ।