logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मान्छेको जस्तै दाँत भएको माछा फेला, सबै आस्चर्य


अंकुरण खबर
1.508K
Shares

दुनियाँ जगतमा अति नै अनौठा घटना, जीवजन्तु र बनस्पतिहरु पाईन्छन् । अहिले एउटा जीवजन्तु बारे खुल्न आएको विषयले दुनियाँ चकित बनेको छ । संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको एउटा माछा फेला परेपछि मानिसहरु नै चकित बनेका छन् ।

नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा पक्रिन जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो।

उक्त माछा शीप्सहेड जातको भएको बताइएको छ। आफ्नो खाना चबाउन उक्त जातका माछाको मुखमा बङ्गाराका लहरहरू हुन्छन्।

उक्त माछाको मुख र भेडाको मुख झट्ट हेर्दा उस्तै देखिने भएकाले अङ्ग्रेजीमा उक्त माछालाई सम्भवतः”शीप्सहेड” नामकरण गरिएको हो।

जेनेट्स पीएरमा नियमित रूपमा माछा मार्न जाने नेथन मार्टिन नामक व्यक्तिले उक्त माछा समातेका हुन्।

मुखभरि दाँत भएको माछा देखेपछि आफूलाई पनि शीप्सहेड जातको माछा समात्न मन लागेको मार्टिनले बताए।

स्थानीय मक्क्ल्याची न्यूजसँग कुरा गर्दै उनले उक्त माछा समात्न पाएकोमा प्रसन्नता व्यक्त गरे। उनले त्यो माछा निकै स्वादिलो हुने पनि बताए। फेसबुकमा bigteethbigtimes उल्लेख गरेर प्रेषित तस्बिरले निकै चर्चा पायो।

के डेन्चर (मानिसले लगाउने नक्कली दाँत) त्यहाँबाट आउँछ ?  एक जनाले ठट्यौलो पारामा लेखे । अर्का एक जनाले लेखेका छन्, त्यो माछाको दाँत मेरोभन्दा राम्रो छ। बीबीसीबाट