पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९५ जना, भक्तपुरमा ६१ जना र ललितपुरमा ११० जनालाई संक्रमण पुष्टि भएके हो ।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ६६३ रहेको छ ।