logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक


अंकुरण खबर
728
Shares

नेपाली क्रिकेट राष्ट्रिय टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको मुख्य प्रायोजक माई फस्ट टिचरका प्रतिनिधिले सोमबार सँयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।

क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुला प्रतियोगिता गरेको थियो । जसमा करिब ५ सय डिजाइन क्यानलाई प्राप्त भएका थिए । ती मध्ये आदर्श पोखरेलले बनाएको डिजाइन छनौट भएको क्यानले जनाएको छ । पोखरेलले क्यानबाट नगद पुरस्कारसमेत पाएका छन् ।

अब नेपाली क्रिकेट टिम नयाँ जर्सीका साथ मैदानमा उत्रिने छ ।