काठमाडौं उपत्यकामा ७०८ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौंमा ४४१ जना, भक्तपुरमा १०० जना र ललितपुरमा १६७ जना संक्रमित थपिएका हुन्।
हाल काठमाडौं उपत्यकामा १० हजार ८ सय ३३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७१८२, भक्तपुरमा १४११ र ललितपुरमा २२४० सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप एक हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै, १ हजार ९२४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। भने कोरोनाको संक्रमणबाट थप २४ जनाले ज्यान गुमाएका छन्।