नेकपा (एमाले)को स्थायी कमिटी बैठक सरेको छ।
आज बिहान ११ बजेकालागि बोलाइएको बैठक दिउसो ३ बजेका लागि सारिएको हो।
बैठक सारिनुको कारण नखुलाए पनि दिउँसो ३ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति भवनमा पार्टीको स्थायी कमिटी बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
सोमबार तेस्रो धार मानिएका पार्टीका नेताहरुसँगको छलफलपछि अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका थिए। आजको बैठकमा तेस्रो धार मानिएका नेताहरु पनि सहभागि हुने कार्यक्रम रहेको थियो।