नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।
भारतको नयाँ दिल्लीमा उपचाररत नेता झलनाथ खनालले दूतावासमार्फत निर्वाचन आयोगलाई आफ्नो सनाखत पठाएका हुन् ।
दूतावासका कर्मचारीको समन्वयमा नेता खनालको सनाखत भएको नेता राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् । दूतावासका प्रतिनिधिहरूले उनको सनाखत लिएर आयोग आएका थिए ।
यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो ।