logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी दर्ता गर्न गएका नेपाललाई मूल घरमा फर्किन ओलीको आग्रह   


अंकुरण खबर
1.157K
Shares

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन्।

नेपालसहितका नेताहरू यतिबेला नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा छन्।

च्यासलमा पत्रकार सम्मेलन गर्दै ओलीले भने, ‘तपाईंहरू मूल घरमा फर्किनुस्। यसअघिका कामको आधारमा म कुनै पूर्वाग्रह राख्दिनँ।’

यस्तै ओलीले एमाले फुटाउनकै लागि सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्। माधव नेपालले पार्टी फुटाएपछि अध्यादेश स्वतः निस्क्रिय हुन्छ भन्ने वाक्यांश छुटेको भन्दै ओलीले व्यंग्य गरेका थिए।