पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१५ जना, भक्तपुरमा १४२ जना र ललितपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४४ जनाको मृत्यु भएको छ ।