काठमाडौं उपत्यकामा ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५६१ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै, अहिले काठमाडौं उपत्यकामा १० हजार २ सय ८५ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ६५८७, भक्तपुरमा १४७८ र ललितपुरमा २२२० सक्रिय संक्रमित छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमणबाट थप २६ जनाले ज्यान गुमाएका छन् ।