logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेस वडा अधिवेशन सबै जिल्लामा हुनुपर्ने पौडेल समूहको माग


अंकुरण खबर
754
Shares

नेपाली कांग्रेसको यही १८ गते हुने भनिएको वडा अधिवेशन सबै जिल्लामा हुनुपर्ने रामचन्द्र पौडेल समूहले माग गरेको छ।

हाललाई पार्टी सभापति शेरबहादुर देउवाले ३८ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएपछि सबै जिल्लामा वडा अधिवेशन नहुनेभन्दै पौडेल समूहले चिन्ता व्यक्त गरेको हो।

शुक्रबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहका नेताहरुको बैठकले साँझसम्म सभापतिलाई भेट्ने र सवै वडामा १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको छ।

पार्टी कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने पौडेल समूहले बताएका छन्।