logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विपत्तिका बेला राहत र उद्धारमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन


अंकुरण खबर
793
Shares

गृहमन्त्री बालकृष्ण खाँणले बर्षात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन्।

विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै उनले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको सराहना पनि गरे।

मानिसको जिउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत, साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गरे।

अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाणले छलफल गरेका छन् ।

साथै उनले प्रमुख जिल्ला अधिकारीहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए।