logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ९०६ जना कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६६५ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभरको तथ्यांक अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै जनामा संक्रमण देखिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।