logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा ३१९ कोरोना संक्रमणमुक्त


अंकुरण खबर
741
Shares

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३१९ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यस अवधिमा २९७ जना कोरोना सङ्क्रमित थपिएका छन्।

प्रदेशमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा लमजुङको बेँसीसहर नगरपालिका–११ का ६७ वर्षीया महिला र म्याग्दीको बेनी नगरपालिका–२ का ७२ वर्षीय पुरुष छन्। योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २९५ पुगेको छ।

प्रदेशमा हालसम्म ८१ हजार ५७५ जना कोरोना सङ्क्रमित भएकामा ७७ हजार २२ सङ्क्रमणमुक्त भएका छन्। प्रदेशमा हाल तीन हजार २५८ जना सक्रिय सङ्क्रमित र दुई हजार ८९३ जना होमआइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ।