नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् ।
बुधबार बिहान प्रचण्ड डल्लुस्थित खनालनिवास पुगेका हुन् । उनले खनाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । साथै खनाललाई भेट्न डल्लु पुगेका प्रचण्डले स्वास्थ्य लाभको कामना गरेका छन् ।
आजको भेटमा स्वास्थ्यकै विषयमा कुराकानी भएको र राजनीतिक विषयमा केहि छलफल नभएको खनालको सचिवालयले जनाएको छ ।
दुई महिनाभन्दा बढी समय भारतमा उपचार गराएर खनाल गत सोमबार मात्र नेपाल फर्किएका थिए। उनी अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् ।